जनकपुरधाम —
जनकपुरस्थित उपमहानगरपालिकाबाट नियन्त्रणमा लिइएका कायस्थसँगै सांसद सिंहले प्रयोग गर्दै आएको मोबाइलसमेत बरामद गरी अनुसन्धान अगाडि बढाइएको अख्तियारले जनाएको छ ।
अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार सांसद सिंहले विभिन्न उपभोक्ता समितिहरू गठन भएको देखाई सरकारी रकम खातामा दाखिला गराएर, ती रकमहरू आफ्ना स्वकीय सचिवमार्फत झिकी निज र श्रीमतीको खातामा जम्मा गराएको उजुरी परेको छ। उक्त उजुरीका आधारमा आयोगले प्रारम्भिक अनुसन्धानका लागि कायस्थलाई नियन्त्रणमा लिएको हो ।
अनुसन्धानपछि आवश्यक प्रमाण पाए मुद्दा दायर गर्ने वा नगर्ने विषयमा निर्णय हुने आयोगले जानकारी दिएको छ ।