कलैया, १३ वैशाख —
काठमाडौंको नागढुंगाबाट १२ किलोभन्दा बढी चाँदीसहित बाराका एक युवक पक्राउ परेका छन् । पक्राउ परेका व्यक्ति बाराको कलैया निवासी ३२ वर्षीय अनिश कुमार सिंह भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपील राज बोहराले जानकारी दिएका छन् ।
वीरगञ्जबाट काठमाडौं आउँदै गरेको बा.प्र.–०१–००३ ख ३७०१ नम्बरको यात्रुबाहक बसमा विशेष चेकजाँच गर्दा चाँदी फेला परेको हो । नागढुंगामा चेकजाँचको क्रममा १२ किलो १७६ ग्राम तौल भएको अवैध चाँदी बरामद भएपछि सिंहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
बिल बिजक विना चाँदीका गरगहना बोकेको आरोपमा उनलाई पक्राउ गरिएको हो। नागढुंगा प्रहरी प्रभागको टोलीले सिंहलाई सोमबार राति करिब पौने १० बजे नियन्त्रणमा लिएको हो ।