पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका–६ संठीका २३ वर्षीय विशाल यादवलाई करणी सम्बन्धी कसूरमा प्रहरीले पक्राउ गरेको छ ।
कक्षा ८ मा अध्ययनरत १३ वर्षीया नाबालिकालाई स्कूलबाट घर फर्किने क्रममा झुठा प्रलोभन देखाइ वीरगञ्ज महानगरपालिका–१५ भिष्वास्थित कोठामा लगी पटक–पटक करणी गरेको आरोपमा यादवलाई पक्राउ गरिएको हो ।पीडित पक्षबाट प्राप्त जाहेरीका आधारमा यादवलाई नियन्त्रणमा लिई पर्सा प्रहरीले ६ दिनको म्याद थप गरी थप अनुसन्धान अगाडि बढाएको जनाएको छ ।
प्रहरीका अनुसार यादवले “प्रेम गर्छु” भन्ने प्रलोभन देखाई नाबालिकालाई फकाएर आफनो डेरामा लगेको र त्यहीँ पटक–पटक जबरजस्ती करणी गरेको पीडित पक्षको दाबी छ ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेकाे प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) किशोर लम्सालले बताए ।