गणतन्त्र दिवस २०८२ को अवसरमा परवानीपुर गाउँपालिकाले रक्तसञ्चार केन्द्र वीरगंजको प्राविधिक सहयोगमा आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
पालिकाको कार्यालय प्रांगणमा आयोजित सो कार्यक्रमको उद्घाटन गाउँपालिका अध्यक्ष रामक्षत्री पटेल र उपाध्यक्ष सुगान्धी देवीले रक्तको पोका प्रदान गरेर उदघाटन गरेका थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै पालिका अध्यक्ष पटेलले मानव सेवाभन्दा ठूलो धर्म अरू केही नभएको भन्दै रक्तदानजस्तो पुण्य कार्यमा जनप्रतिनिधि र युवाको सहभागिता प्रशंसनीय रहेको बताएका थिए । यसैगरी उपाध्यक्ष सुगान्धी देवीले गणतन्त्र दिवसमा गरिने सामाजिक गतिविधिहरूले नागरिकमा उत्तरदायित्वबोध बढाउने विश्वास व्यक्त गरेका थिए ।
यसैगरी प्रशासकीय अधिकृत मुना रौनियारले रक्तदानले एक व्यक्तिको जीवन बचाउन सक्ने भएकाले यसलाई नियमित अभियानको रूपमा अगाडि बढाइनुपर्ने धारणा राखेका थिए । उनले गाउँपालिकाले आगामी दिनमा स्वास्थ्य तथा सामाजिक क्षेत्रमा अझ प्रभावकारी कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता जनाएका थिए ।
कार्यक्रममा पालिकाका प्रशासकीय अधिकृत मुना रौनियार, उपाध्यक्ष सुगान्धी देवी, युवा नेता उमेश गुप्ता, सुदिप पासवान, अनिल श्रीवास्तव, लालबाबु महरा, रवि साह लगायत दर्जनौं व्यक्तिहरूले रक्तदान गरेका थिए ।