संघीय संसद्को दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजेका लागि निर्धारण गरिएको छ भने राष्ट्रियसभाको बैठक दिउँसो १:१५ बजे बस्नेछ ।
प्रतिनिधिसभाको आजको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित “आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्” भन्ने प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची रहेको छ। सो प्रस्तावमाथि बैठकमा छलफल हुने कार्यक्रम छ ।
त्यसैगरी, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले “संघीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२” संसदमा पेस गर्नुहुनेछ ।
दुवै सदनमा राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल आज पनि जारी रहनेछ ।