सिम्रौनगढ नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको १० औं नगर सभाबाट उप–प्रमुख नजमु शेहरले कुल ६७ करोड ७१ लाख ३१ हजार ५८ रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेकी हुन् ।
बजेट प्रस्तुत गर्दै उप–प्रमुख शेहरले शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास र कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिइएको जानकारी दिइन् ।
उनका अनुसार आर्थिक स्रोतका रुपमा सिम्रौनगढ नगरपालिकाले संघीय र प्रदेश सरकारबाट प्राप्त हुने विभिन्न शिर्षकका अनुदान तथा आन्तरिक श्रोतलाई आधार बनाएको छ ।
संघीय सरकारबाट प्राप्त हुने अनुमानित अनुदान:
वित्तीय समानिकरण अनुदान — १३ करोड १० लाख
राजस्व बाँडफाँड अनुदान — ११ करोड ३५ लाख ९८ हजार ५८
सशर्त अनुदान — ३२ करोड ६३ लाख
सशर्त समपूरक — ८७ लाख
सशर्त विशेष अनुदान — ६९ लाख
प्रदेश सरकारबाट प्राप्त हुने अनुमानित अनुदान:
वित्तीय समानिकरण — ९१ लाख ७० हजार
राजस्व बाँडफाँड — ९९ लाख ७१ हजार
विशेष अनुदान — ३० लाख
समपूरक अनुदान — २० लाख
आन्तरिक श्रोतहरूबाट अनुमानित आम्दानी:
मालपोत कार्यालयबाट प्राप्त रजिष्ट्रेशन दस्तुर — ६५ लाख
आन्तरिक राजस्व — ३ करोड ९९ लाख ९२ हजार
गैर–सरकारी संघसंस्था तथा दातृ निकायबाट — २ करोड
नगर प्रमुख किशोरी साह कलावारको अध्यक्षतामा सम्पन्न नगर सभामा वडा अध्यक्ष, नगर कार्यपालिका सदस्य, कर्मचारी तथा सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सञ्चालन प्रमुख प्रशासकीय अधिकृत मदन कुमार थापाले गरेका थिए ।