नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले आज सोमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर १ रुपैयाँले मूल्य घटाएको हो ।
भारतीय आयल कर्पोरेसन (आईओसी)बाट नयाँ मूल्य प्राप्त भएपछि समायोजन गरिएको निगमले जानकारी दिएको छ । आईओसीले पठाएको नयाँ मूल्य अनुसार लागत घटेकाले उपभोक्तालाई राहत दिने उद्देश्यले मूल्य समायोजन गरिएको हो ।
नयाँ मूल्य अनुसार अब पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १६५ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५२ रुपैयाँ कायम हुनेछ । निगमले आगामी दिनमा पनि लागतअनुसार मूल्य समायोजन गरिने जनाएको छ ।