वीरगञ्जसहितका विभिन्न स्थानमा देखिएको खानेपानी संकट समाधानका लागि प्रदेश सरकार पूर्ण रूपमा क्रियाशील बनेको छ ।
प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको निर्णय अनुसार प्रदेश सरकारसँग रहेका ८ वटा वारुणयन्त्रलाई खानेपानी संकटबाट अति प्रभावित क्षेत्रमा पठाइएको हो । प्रत्येक वारुणयन्त्रले ५ हजार लिटर क्षमताको पानी बोकेर एकपटकमा ४० हजार लिटर खानेपानी आपूर्ति गर्न सक्नेछ ।
यी वारुणयन्त्रहरू २४ सैं घण्टा प्रभावित क्षेत्रमा परिचालित रहनेछन्। यस अभियानको व्यवस्थापन प्रदेश सरकारले गर्नेछ भने संचालनको जिम्मेवारी नेपाली सेनाले लिनेछ । यसअघि पनि प्रदेश सरकारले वन कार्यालयका ३ वटा ट्याङ्कर परिचालन गरी प्रभावित क्षेत्रमा खानेपानी आपूर्ति गरिसकेको छ । साथै, हाल नेपाली सेनाबाट थप ७ वटा ट्याङ्कर र १ वटा वारुणयन्त्र पठाउने तयारीसमेत भइरहेको जनाइएको छ ।
सुक्खा र खानेपानी संकटका कारण प्रभावित भएका प्रदेशवासीको समस्यालाई गम्भीरतापूर्वक लिँदै प्रदेश सरकारले संघीय सरकार, स्थानीय तह र मानवीय सहायतामा सक्रिय दातृ निकायहरूसँग संवन्वय गरी साधन–स्रोतको अधिकतम उपयोग गर्दै समस्या समाधानमा प्रयत्नशील रहेको स्पष्ट पारेको छ ।
प्रदेश सरकारले सबै नागरिकलाई साथमा रहेर समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
भिडियाे सामाग्री