महोत्तरी । प्रधानमन्त्री केपी शर्मा ओलीले महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–८ स्थित विग्ही नदीमा निर्माण सम्पन्न भएको पुलको आज उद्घाटन गरेका छन् ।
तराई–मधेसमा खडेरीका कारण उत्पन्न सुख्खाग्रस्त अवस्थाको स्थलगत अवलोकन गर्न महोत्तरी पुगेका प्रधानमन्त्री ओलीले सो पुलको उद्घाटन गरेका हुन् । विगत केही वर्षदेखि निर्माणाधीन अवस्थामा रहेको उक्त पुल सञ्चालनमा आएपछि स्थानीयवासीलाई सहज आवागमन हुने अपेक्षा गरिएको छ ।
प्रधानमन्त्री ओलीले आजै मधेसका सुख्खाग्रस्त क्षेत्रहरूको निरीक्षण गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।