सप्तरी | जनता समाजवादी पार्टी नेपाल (जसपा) सप्तरीको जिल्ला अध्यक्ष पदका लागि उमेशप्रसाद यादव र केदारप्रसाद यादवले उम्मेदवारी दर्ता गराएका छन् ।
शनिबार राजविराजस्थित पार्टी कार्यालयमा जिल्ला निर्वाचन समिति समक्ष उनीहरूले छुट्टाछुट्टै प्यानलसहित उम्मेदवारी दर्ता गराएका हुन् ।
निर्वाचन कार्यतालिका अनुसार बिहान ८ बजेदेखि सुरु भएको मनोनयन दर्ता प्रक्रिया अन्तर्गत केदारप्रसाद यादवले बिहान ९:२१ बजे र उमेशप्रसाद यादवले ९:५७ बजे उम्मेदवारी दर्ता गरेका थिए।
उम्मेदवारहरूको प्यानल यसप्रकार
उमेशप्रसाद यादवको प्यानल:
- उपाध्यक्ष: हरेराम यादव, राजेश्वर राय
- सचिव: निरज मुक्ति
- उपसचिव: दाउद हुसैन, राहुल मण्डल
- कोषाध्यक्ष: अभिनभ यादव (निकु)
केदारप्रसाद यादवको प्यानल:
- उपाध्यक्ष: लक्ष्मण यादव, उषा साह
- सचिव: शम्भु कुमार यादव
- उपसचिव: रिता कुमारी चौधरी, रामेश्वर कौडगिया
- कोषाध्यक्ष: अर्मेन्द्रकुमार यादव
केदारप्रसाद यादव यसअघि जिल्ला अध्यक्ष थिए भने उमेशप्रसाद यादव उपाध्यक्षको भूमिकामा थिए ।
साउन १८ गते मतदान
निर्वाचन अधिकृत धनेश्वर यादवका अनुसार मतदान आगामी साउन १८ गते बिहान ८ बजेबाट १ बजेसम्म हुने छ ।
जिल्ला समिति चयनका लागि ७ पदाधिकारी, २५ जना भूगोलको प्रतिनिधित्व र २५ जना समावेशी समूह गरी ५० सदस्य चयन गरिनेछ ।
यस निर्वाचनमा पार्टीका विभिन्न पालिका तथा भातृ संगठन गरी ११५ जना प्रतिनिधिले मतदान गर्ने निर्वाचन समितिले जनाएको छ ।