जनकपुरको थापाचोकस्थित रेलवे लिक क्रसमा रेल र कार ठोक्किएका छन् ।
बागमती प्रदेश ०१-२५ च १२९० नम्बरको कार रेलसँग ठोक्किएको छ । धनुषा जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहले भने, "घटनाको विस्तृत भइरहेकाे छ ।" रेल भांगहाबाट जनकपुरतर्फ जाँदै थियो भने सोही समयमा थापाचोकबाट जानकी मन्दिरतर्फ जाँदै गरेको कारले रेलवे लिक क्रस पार गर्ने क्रममा रेलसँग ठोक्किएको थियो ।
दुर्घटनामा मानवीय क्षति नभएको प्रहरीले जानकारी दिएको छ । अहिले प्रहरीले घटनास्थलमा थप अनुसन्धान गरिरहेको छ ।
भिडियाे सामाग्री