पर्सा | पर्सा जिल्लामा घरेलु हिंसाको तुलनामा सम्बन्धविच्छेदका मुद्दा बढी दर्ता भएका छन् । पर्सा जिल्ला अदालतका अनुसार, गत आर्थिक वर्षमा यहाँ ३४३ वटा सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका थिए ।
दर्ता भएका मुद्दामध्ये २६४ वटा फछ्र्योट भएका छन् भने ७९ वटा अझै फछ्र्योट हुन बाँकी छन् ।
जिल्ला अदालतका न्यायाधीश नन्दकिशोरप्रसाद यादवले घरेलु हिंसाका मुद्दा स्थानीय तहको न्यायिक समिति, प्रहरी लगायत अन्य निकायमार्फत मेलमिलाप गरिएर समाधान हुने भएकाले सम्बन्धविच्छेदका मुद्दा बढी देखिएको स्पष्ट पार्नुभयो । साथै, वैदेशिक रोजगारीलाई सम्बन्धविच्छेद बढ्ने प्रमुख कारणको रूपमा पनि लिइन्छ ।
जिल्ला अदालतका तथ्याङ्कअनुसार, गत आवमा ९५ वटा घरेलु हिंसासम्बन्धी मुद्दा दर्ता भएका थिए जसमध्ये ५३ मुद्दा फछ्र्योट भएका छन् भने ४२ मुद्दा अझै फछ्र्योट हुन बाँकी छन् । त्यस्तै, जबर्जस्ती करणीका ९८ वटा मुद्दामध्ये ५६ मुद्दा फछ्र्योट भएका छन् भने ४२ मुद्दा फछ्र्योट हुन बाँकी रहेको छ ।
भिडियाे सामाग्री