रौतहट | गौर–चन्द्रपुर सडकखण्ड अन्तर्गत इद्रिश गेट नजिक बस र स्कारपियो एक आपसमा ठोक्किँदा दुर्घटना भएको छ ।
यमुनामाई गाउँपालिका–५ स्थित इद्रिश गेट नजिक बुधबार दिउँसो चन्द्रपुरबाट गौरतर्फ जाँदै गरेको ना.४ ख.५३१८ नम्बरको बस र गौरबाट उत्तरतर्फ गइरहेको प्रदेश २–०३–००१व–६०४१ नम्बरको स्कारपियो ठोक्किँदा दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय रौतहटका सह–प्रवक्ता प्रहरी निरीक्षक रुद्र कँडेलका अनुसार दुर्घटनामा कुनै मानवीय क्षति भएको छैन । बस र स्कारपियोमा सवार सबै सकुशल छन्, तर दुवै सवारीसाधनमा क्षति पुगेको छ ।
भिडियाे सामाग्री