मिथिला नगरपालिका–२ नक्टाझिजबाट बुधबार साँझ प्रहरीले करिब २ सय ग्राम ब्राउन सुगर जस्तो देखिने अवैध लागूऔषधसहित दुईजना व्यक्तिलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा मिथिला नगरपालिका–६ ढल्केबर बस्ने ४८ वर्षीय पप्पु साह र बारा परवानीपुर गाउँपालिका–२ बस्ने ३० वर्षीया सेलो देवी राम रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो काठमाडौं र इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले जनकपुरबाट ढल्केबरतर्फ आउँदै गरेको बा. ८७ प ९६७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।
भिडियाे सामाग्री