नेपाल सद्भावना पार्टी पुनर्गठन भएको छ ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) छाडेका नेता अनिल कुमार झाले सद्भावना पार्टी पुनर्गठन गरेका हुन् । उनले पुनर्गठन गरेको पार्टीलाई हिजो मात्रै निर्वाचन आयोगले मान्यता दिएको छ । मधेशवादी ६ वटा दल एकीकरण हुँदा २०७४ सालदेखि सद्भावना पार्टी निष्क्रिय रहँदै आएको थियो ।
झा २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा रौतहट क्षेत्र नं. १ बाट प्रत्यक्ष निर्वाचित भएका थिए। उनले खानेपानी मन्त्रीको जिम्मेवारी समेत सम्हालेका थिए। तर २०७९ सालको निर्वाचनमा उनी पराजित भए ।
पछिल्लोपटक उनले लोसपा छाडेर पुनः सद्भावना पार्टीमा सक्रियता जनाएका छन् ।
भिडियाे सामाग्री