सर्लाही | सर्लाहीको बागमती नगरपालिकास्थित भरत ताल निर्माणमा भ्रष्टाचार भएको ठहर गर्दै विशेष अदालतले मेयर भरत थापासहित तीन जनालाई ८ वर्ष कैद र जनही १० करोड रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको छ ।
विशेष अदालतले मेयर थापा, कर्मचारीहरू विमलकुमार पोखरेल र सागर पौडेलले भरत ताल निर्माणका क्रममा नदीजन्य पदार्थ (ढुंगा, गिटी, बालुवा) हिनामिना गरेको ठहर गरेको हो। अदालतले बिहीबार सुनाएको फैसलाअनुसार तीनै जनालाई सजाय तोकिएको छ ।
त्यसैगरी, अदालतले पीडित राहत कोषमा ४० लाख ३९ हजार १३१ रुपैयाँ क्षतिपूर्ति बुझाउने आदेश पनि दिएको छ ।
२०७९ वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा भरत थापा नेकपा (माओवादी केन्द्र) बाट उम्मेदवार भई मेयर निर्वाचित भएका थिए ।

भिडियाे सामाग्री