सर्लाही | सर्लाहीको चक्रघट्टा गाउँपालिका–५, पडरियामा बिहीबार राति मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । दुर्घटनामा अर्का एक पैदलयात्री र मोटरसाइकल चालक घाइते भएका छन् ।
बिहीबार राति ८ बजेपछि चक्रघट्टाबाट पडरियातर्फ जाँदै गरेको बीआर ३० एजी ५०३६ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पडरियाका ६० वर्षीय बरन बैठाको घटनास्थलमै मृत्यु भएको हो ।
मोटरसाइकलको ठक्करबाट सोही ठाउँका २० वर्षीय दीपक मण्डल घाइते भएका छन् । मण्डलको प्रादेशिक अस्पताल मलङ्गवामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा सामान्य घाइते भएका मोटरसाइकल चालक चक्रघट्टा गाउँपालिका–१ का २० वर्षीय हरेकृष्ण यादवलाई उपचारपछि नियन्त्रणमा लिइएको सर्लाही प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) सरोज राईले जानकारी दिए ।
भिडियाे सामाग्री