वीरगंजको आदर्शनगरस्थित स्काईलाइन जग्गा प्रकरण झन पेचिलो बन्दै गएको छ । स्काइलाइनको जग्गा प्रकरणमा खानेपानी मन्त्री प्रदीप यादवको संलग्नताको तथ्यहरु पनि खुल्दै गएका छन् ।
गतसाता वीरगंजको सिर्सिया नदी प्रदुषण नियन्त्रण कार्यक्रमा खानेपानी मन्त्री प्रदीप यादवले वीरगंजको जग्गामा भुमाफिया लागिपरेको भन्दै चिन्ता व्यक्त गरेका थिए । साथै उनले अब ति जग्गाहरुको संरक्षण गर्न स्थानीय सरकार खासगरि महानगर प्रमुख राजेशमान सिंह निर्देशन पनि दिए । तर त्यहि आदर्शनगरस्थित स्काइलाइनको जग्गा हत्याउन मन्त्री यादव कै स्वकिय सचिव निखिल वर्णवालले मिलापत्र गरेका छन् ।
स्काइलाइनको जग्गा निखत प्रविण अंसारीको हो । तथ्य प्रमाण मालपाेत लगायतकाे अड्डाले त्यहि भन्छ । आफ्नो जग्गा भुमाफियाहरुले हडपेपछि २०६९ सालदेखि उनी कानूनी लडाई लडिरहेकि छन् । कहिले मालपोत, कहिले नापी कार्यालय त अदालतको चक्कर काटिरहेकी छन् ।
आफ्नो जग्गा भुमाफियाहरुले हडपेको चाल पाएपछि अंसारीले उनीहरु विरुद्ध पर्सा जिल्ला अदालतमा १० थान किर्ते जालसाझी र फैसला बदर गरि आवश्यक कारबाहीका लागि विभिन्न निकायसँग गुहार माग्दै आएकि छिन् । उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र भुमि सुधार मन्त्रालय मार्फत छानविन गरि कारबाही गरिपाउँ भनि उजुरी दिएकि थिइन् ।
भुमि सुधार मन्त्रालयले सत्यतथ्य छानविन गरि आवश्यक कारबाही गर्न पत्रचार गरेको छ ।
मालपोत कार्यालय पर्साले पनि जग्गा हत्याउने व्यक्ति तथा संस्थाहरुलाई जग्गा कुन श्रोतबाट प्राप्त गरेको भनी प्रमाण पेश गर्न २१ दिने म्याद जारी गरेको थियो । तर जग्गा हत्याउनमा संलग्नहरु कितपय भने सम्पर्कमै नआएको मालपोत कार्यालय पर्साले जनाएको छ केहिले भने प्रमाण पेश गरेका छन् ।
कुनैपनी जग्गा खरिद गर्दा कहाँबाट खरिद हुदैँ आएको साबिक जग्गा धनीको प्रमाण, श्रोत लगायतका सम्पुर्ण विवरण जग्गाधनीसँगै मालपोत र नापी कार्यालयको अभिलेखमा हुन्छ । पछिल्लो समय विद्युतिय प्रणाली भएकाले नापि विभाग र भुमिसुधारको अभिलेखमा समेत रहन्छ । तर अंसारीको जग्गा हत्याउनेहरुको किर्ते प्रमाण मालपोत, भुमिसुधार कतै भेटिएको छैन । ति किर्ते कागजात बनाउन शक्ति र पहुँचवालाहरुकै संलग्नता रहेको खुलेको छ ।
विस्तृत भिडियाेमा ...
स्काईलाइन मल जग्गा प्रकरण सम्बन्धी फलोअप समाचारहरु :
भिडियाे सामाग्री