काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग खुमलटार पुगेर शिष्टाचार भेटवार्ता गरेका छन् ।
भारतका विदेश सचिव मिस्री आइतबार दुईदिने औपचारिक भ्रमणका लागि काठमाडौं आएका हुन् । उनी आज अध्यक्ष प्रचण्डको निवास खुमलटार पुगेर भेटघाट गरेका हुन् ।
अध्यक्ष दाहालको निजी सचिवालयका अनुसार भेटवार्तामा नेपाल–भारत सम्बन्धका विविध विषयमा विचारविमर्श भएको थियो ।
यसअघि मिस्रीले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि शिष्टाचार भेटवार्ता गरेका थिए ।
भिडियाे सामाग्री