वीरगंज | वीरगंजका पूर्वमेयर प्रदीप सुवेदी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरेका छन् ।
लामो समय राप्रपा नेपालमा सक्रिय रहेर पछि निष्क्रिय बनेका सुवेदीलाई राप्रपाका सांसद दीपक बहादुर सिंहले पार्टीको सदस्यता प्रदान गर्दै स्वागत गरेका हुन् ।
पार्टी प्रवेशपछि सुवेदीले हिन्दू राष्ट्र र राजसंस्थाको पुनर्स्थापनाका लागि राप्रपालाई बलियो बनाउनुपर्नेमा जोड दिए। उनले देशभक्त राष्ट्रवादीहरू एकजुट हुनुपर्ने आवश्यकता महसुस गरेर आफू राप्रपामा समाहित भएको स्पष्ट पारे ।
यसैबीच, पर्सामा आयोजित राप्रपाको विस्तारित बैठकले जिल्लाभर पार्टी संगठन विस्तार गर्ने, निष्क्रिय रहेका समितिहरूलाई सक्रिय बनाउने र निर्धारित समयमा अधिवेशन गर्ने निर्णय गरेको छ ।
भिडियाे सामाग्री