रौतहट। गुजरा नगरपालिका–२ बाट प्रहरीले ५५ वर्षीय गोपालबहादुर थिङलाई गाँजासहित नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी प्रमुख एसपी नेत्रमणि गिरीका अनुसार थिङले आफ्नै घरमा लागूऔषध गाँजा खरिद–बिक्री गर्दै आएको गोप्य सूचनाको आधारमा प्रहरी चौकी रंगपुर र इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको संयुक्त टोलीले खानतलासी गरेको हो ।
खानतलासी क्रममा कोठामा लुकाइराखेको करिब साढे ३ किलो गाँजा बरामद भएको छ । त्यसैगरी, प्रहरीले ७८ हजार नेपाली रुपैयाँ र ६ सय १० भारतीय रुपैयाँ पनि फेला पारेको जनाएको छ। पक्राउ परेका थिङलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा राखी अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
थिङले गाँजा कहाँबाट ल्याएका हुन् भन्नेबारे पनि प्रहरीले अनुसन्धान गरिरहेको छ ।
भिडियाे सामाग्री