काठमाडौं । उपसभामुख इन्दिरा राना नेपाल फर्किएसम्म उनलाई पदबाट हटाउने प्रस्ताव अगाडि नबढ्ने सहमति नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको छ । नेताहरूका अनुसार, यो विषयमा कांग्रेसले आन्तरिक छलफल पनि गरेको छ ।
बुधबार बिहान कांग्रेसको कार्यसमिति बैठक बिहान ९ बजेदेखि सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको थियो । बैठकमा उपसभामुख हटाउने प्रयास तत्कालका लागि स्थगित गर्ने विषयमा छलफल भएको नेताहरूले बताए ।
उपसभामुख राना अहिले अमेरिका भ्रमणमा छन् र भदौ १३ गते स्वदेश फर्किने कार्यक्रम छ । त्यसपछि मात्रै थप छलफल हुनेछ र यसबीचमा हस्ताक्षर संकलन जारी रहनेछ ।
नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले संकलित हस्ताक्षर तत्काल प्रयोगमा नआउने स्पष्ट पारे । उनले भने, “खाली कागजमा हस्ताक्षर गर्ने अभ्यास विगतमा पनि रहेको हो, अहिले पनि त्यही अभ्यास जारी छ।”
भिडियाे सामाग्री