काठमाडौं | नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुधबार बेलुकी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भेट्न नख्खु कारागार जाने भएका छन् ।
प्रचण्डले पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री समेत रहेका रास्वपा सभापति लामिछानेलाई बेलुकी ६ बजे भेट्ने कार्यक्रम रहेको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।
भैरहवा कारागारमा रहेका लामिछानेलाई साउन ३१ गते नख्खु कारागारमा स्थानान्तरण गरिएको थियो ।
भिडियाे सामाग्री