जनकपुरधाम | ढल्केबरदेखि जनकपुर हुँदै जटहीसम्मको ३५ किलोमिटर सडक खण्डमा विद्युतीकरण गरिएको छ । करिब चार करोड ३८ लाख ८९ हजार रुपैयाँको लागतमा सम्पन्न गरिएको सो आयोजना सडक डिभिजन कार्यालय जनकपुरले सार्वजनिक गरेको हो ।
कार्यालयका अनुसार सडकका दुवै किनारमा बिजुलीका खम्बा गाडेर सौर्य प्यानल जडान गरिएको छ । सडक किनारमा विद्युतीकरण भएपछि राति यात्रु र बटुवालाई हिँडडुल गर्न सहज भएको कार्यालयले जनाएको छ ।
सडक डिभिजन कार्यालय जनकपुरका प्रमुख, सिनियर डिभिजनल इन्जिनियर दारोगाप्रसाद साहले ढल्केबर–जनकपुरधाम–जटही सडक खण्डमा ‘फ्लाइओभर’ निर्माण गर्ने योजना समेत रहेको जानकारी दिनुभयो ।
भिडियाे सामाग्री