जनकपुरधाम | जनता समाजवादी पार्टी (जसपा) नेपाल निकट समाजवादी महिला संघले शनिबार जनकपुरधाममा प्रदर्शन गरेको छ । जनक चोकमा भेला भएका जसपाका महिला नेतृहरू सर्वोच्च अदालतको आदेशविरुद्ध प्रदर्शनमा उत्रिएका हुन् ।
गौर राइस मिल घटनामा जसपा अध्यक्ष उपेन्द्र यादवमाथि छानबिन गर्न सर्वोच्च अदालतले दिएको आदेशविरुद्ध उनीहरूले झाडु प्रदर्शन गरेका हुन् । जसपाका नेता तथा कार्यकर्ताले भने लगातार छैटौं दिन जनकपुरधाममा प्रदर्शन जारी राखेका छन् ।
प्रदर्शनकारीहरूले परमादेश फिर्ता लिनुपर्ने, भूमि सम्बन्धी विधेयक फिर्ता गर्नुपर्ने माग गरेका छन् । गौर घटनालाई राजनीतिक प्रतिशोध र राज्य सत्ताको दुरुपयोगको उपज भएको भन्दै नाराबाजीसमेत गरिएको थियो ।
स्मरणीय छ, २०६३ साल चैत ७ गते गौर राइस मिल चौरमा तत्कालीन माओवादी र फोरम कार्यकर्ताबीचको झडपमा २७ जनाको मृत्यु भएको थियो ।
भिडियाे सामाग्री