काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच शनिबार थियानजिनमा उच्चस्तरीय भेटवार्ता भएको छ ।
थियानजिनको अतिथि गृहमा भएको भेटवार्तामा दुई देशबीच आपसी हितका विषयहरू, द्विपक्षीय सम्बन्ध विस्तार र क्षेत्रीय सहकार्यबारे छलफल भएको बताइएको छ । यो भेटवार्तालाई नेपाल–चीन सम्बन्ध सुदृढ पार्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ ।
प्रधानमन्त्री ओली आफ्नो औपचारिक भ्रमणको सिलसिलामा चीन पुगेका हुन्। उनले सँगै नेपाल सरकारका मन्त्री तथा उच्च अधिकारीहरूको टोली पनि रहेको छ ।
भिडियाे सामाग्री