वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहमाथि किर्ते नागरिकता प्रकरणमा कारबाहीको माग पुनः जोडतोडले उठेको छ ।
अर्काकी छोरीलाई नक्कली जन्मदर्ता बनाएर नागरिकता दिलाएको आरोपमा मेयर सिंहविरुद्ध १८ महिना अघिदेखि उजुरी दर्ता भए पनि अहिलेसम्म कुनै कारबाही नभएको भन्दै स्थानीयवासी र राजनीतिक वृत्त आक्रोशित बनेका छन् ।
नेपाली कांग्रेस पार्टी कार्यालय, पर्सामा आइतबार गृहमन्त्री रमेश लेखकसँग आयोजित भेटघाट कार्यक्रममा कांग्रेस क्षेत्र नं. २ का क्षेत्रीय सभापति मोहम्मद साहबुदिन सहित नेताहरूले प्रश्न उठाउँदै, “सदनमा पटक–पटक सांसदहरूले कार्वाहीकाे मुद्दा उठाउँदा पनि किर्ते नागरिकता बनाउने मेयरविरुद्ध किन कारबाही हुन सकेको छैन ?” भन्दै गृहमन्त्रीलाई रयाक रयकक्ती पारेका थिए ।
यसैबीच मेयर राजेशमान सिंहले भने सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीप्रति आभार व्यक्त गरेका छन् । चीन भ्रमणमा रहेका ओलीले “लिम्पियाधुरा, लिपुलेक र कालापानी हाम्रो हो” भन्ने हिजाे अडान दोहोराएपछि मेयर सिंहलाइ गृहमन्त्री रमेश लेखक समक्ष कार्वाही गर्न माग उठेपछी आज ओलीसँग खिचिएको फोटो सार्वजनिक गर्दै “धन्यवाद ओली बा” भनेर स्टाटस लेखेका छन् ।
उनकाे स्टाटसले पद र पावरमा भएका व्यक्तीले सता चलाइरहेकासँग पैठाेजाेरी गरी कानुनकाे कसरी धज्ज उडाउँछ पछिल्लाे उदाहरण रहेकाे कांग्रेस नेताहरू बताउँछन् ।
पञ्जीकरण अधिकृत भिखारी रायले समेत आफ्नो हस्ताक्षर किर्ते गरी नक्कली जन्मदर्ता प्रमाणपत्र बनाइएको घटनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, गृहमन्त्रालय र जिल्ला प्रहरी कार्यालयमा बयान भइसकेको छ । तर पनि कारबाही प्रक्रिया अघि नबढ्नु सरकारको आश्रयजस्तै भएको आरोप स्थानीयवासीले लगाएका छन् ।
मेयर सिंह कुनै एक दलमा स्थायी रूपमा टिक्नुभन्दा सत्तामा बसेको पार्टीअनुसार नजिकिने गरेको आरोप पनि स्थानीय नेताहरूकाे छ । कांग्रेस नेता मोहम्मद साहबुदिनले “उनी एमालेको सरकार हुँदा एमालेमा जाने, माओवादीको सरकार हुँदा माओवादीतिर आकर्षित हुने र कांग्रेसको सरकार हुँदा कांग्रेससँगै नजिकिने गर्छन् । यही शैलीमा जोगिँदै आएका कारण कारबाही ढिला भएको बताए ।”
नागरिकता किर्ते प्रकरण सार्वजनिक भएको करिब १८ महिना बितिसक्दा पनि कारबाही हुन नसक्नु विधिको शासनप्रति सरकारको कमजोर प्रतिबद्धताको उदाहरण भएको सरोकारवालाको भनाइ छ ।
शून्य समयदेखि नियमित सभासम्म तीन तीनजना सांसदहरूले पटक–पटक आवाज उठाउँदा पनि सिंह अझै पदमा बसिरहनु सरकारकै मौन समर्थनको प्रमाण भएको भन्दै आलोचना भइरहेको छ । तर सरकारले भने कुनै सुनवाइ गरेकाे छैन् ।
सम्बन्धित समाचार
मेयर राजेशमान सिंहलाई कारबाही गरे पाप लाग्ने : गृहमन्त्रीकाे दाबी | तीन तीनसांसदले बोलेपनि भएन कार्वाही, कार्वाही गराउन महामन्त्री गगन थापासँग गुहार
EXCLUSIVE : सलाई फैट्रिको सम्पति हत्याउन नक्कली अध्यक्ष बने वीरगंजका मेयर राजेशमान सिंह, जग्गा किने भोला कलवार गराए प्लटिङ (भिडियाे रिपाेर्ट सहित)
मेयर राजेशमान सिंहकाे नागरिकता किर्ते सम्बन्धि पेशी आज
मेयर राजेशमान सिंह नागरिकता किर्ते प्रकरण : साेमबारका लागि सर्याे पेशी
नागरिकता किर्ते प्रकरण : पर्सा प्रहरी मेयर सिंहको बचाउमा, उच्च अदालतको आदेशमा टालटुले जवाफ | पुनः विस्तृत विवरण पेश गर्न अदालतकाे आदेश
वीरगंजका मेयर राजेशमान सिंह विरुद्धको नागरिकता किर्ते प्रकरण : प्रहरीले बुझायो प्रतिवेदन, उच्चकाे रिट पेशीमा चढ्याे
वीरगंजका मेयर सिंहले गरेकाे किर्ते नागरिकता प्रकरण : उच्च अदालतकाे पत्र जिल्ला प्रहरी कार्यालयमा, लिखित जवाफ तयार गर्दै पर्सा प्रहरी (भिडियाे सहित)
वीरगंजका मेयर राजेशमान सिंह विरुद्धको नागरिकता किर्ते प्रकरण : प्रहरीलाई १५ दिनभित्र लिखित जवाफ पेश गर्न उच्च अदालतको अल्टिमेटम
वीरगंजका मेयर राजेशमान सिंहविरुद्ध नागरिकता किर्ते प्रकरणमा उच्च अदालतमा परमादेश माग सहितकाे रिट दर्ता
वीरगंज मेयर नागरिकता किर्ते प्रकरण : दुई महिनापछि बल्ल पञ्जिकरण अधिकारीसँग बयान लिए पर्सा प्रहरी
संघिय सदनकाे शुन्य समयमा नागरिकता किर्ते गर्ने वीरगञ्ज महानगरका मेयर राजेशमान सिंहलाई कारबाही गर्न डा. स्वर्णिम वाग्लेकाे माग (भिडियाे सहित)
भिडियाे सामाग्री