एससीओ (शाङ्घाई सहयोग संगठन) शिखर सम्मेलनमा सहभागी हुन चीनको चिआनचिन पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्री ओली र राष्ट्रपति पुटिनबीचको यो पहिलो भेट हो ।
वार्ताका क्रममा दुई देशबीचको कूटनीतिक सम्बन्ध तथा आगामी सहयोगका सम्भावनाबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
भेटपछि प्रधानमन्त्री ओलीले खुशी व्यक्त गर्दै भने, “सन् १९५६ मा नेपाल–रुसबीच कूटनीतिक सम्बन्ध स्थापना भए पनि अहिलेसम्म कुनै रसियन प्रधानमन्त्री वा उच्चस्तरीय मान्यवर नेपाल भ्रमणमा आएको पाइँदैन ।”
ओलीले थपे, “मैले १९९९ र २००० मा प्रधानमन्त्रीको हैसियतमा रुस भ्रमण गरेको थिएँ । तर पछिल्लो समयमा रसियाबाट उच्चस्तरीय भ्रमण नभएको खेदजनक छ ।”
नेपाल–रुसबीच राजनीतिक, आर्थिक, प्राविधिक तथा शैक्षिक क्षेत्रमा सहयोगको सम्भावना ठूलो रहेको र यस्तो भेटवार्ताले सम्बन्धलाई अझ मजबुत बनाउन सहयोग गर्ने विश्वास व्यक्त गरिएको छ ।