प्रधानमन्त्री केपी शर्मा ओली चीनको थियानजिन सहरमा सम्पन्न शाङ्घाई सहयोग संगठन (एससिओ) ‘प्लस’ शिखर सम्मेलनमा सहभागी भएपछि बेइजिङ प्रस्थान गरेका छन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार उनी सोमबार रेलमार्गमार्फत बेइजिङ पुगेका हुन् । प्रस्थान अघि प्रधानमन्त्री ओली र उनको नेतृत्वको प्रतिनिधिमण्डललाई थियानजिन रेल स्टेशनमा स्थानीय सरकारका प्रमुख तथा कलाकारहरूले विशेष बिदाइ गरेका थिए ।
यसअघि थियानजिनमा भएको एससिओ ‘प्लस’ शिखर सम्मेलनमा सहभागी हुँदै प्रधानमन्त्री ओलीले नेपाल–चीन सम्बन्ध, क्षेत्रीय सहकार्य र आपसी हितका विषयमा सम्बोधन गरेका थिए ।