सप्तरी । सप्तरी प्रहरीले जिल्लाका विभिन्न स्थानबाट नियन्त्रणमा लिएका भन्सार छलीका सामान भन्सारमा बुझाएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले बुधबार सार्वजनिक गरेको जानकारीअनुसार भारतबाट अवैध रुपमा चोरी पैठारी गरी ल्याइएका सामान र सवारी साधन नियन्त्रणमा लिइएका हुन् ।
प्रहरीका अनुसार साइकल तथा मोटरसाइकलमा कपडा र किराना सामान ल्याउँदै गरेको अवस्थामा नियन्त्रणमा लिइएको थियो। सवारी साधनसहित बरामद गरिएका सामान राजविराज भन्सार कार्यालयमा बुझाइएको छ ।
अवैध रुपमा ल्याइएका सामानको मूल्य सात लाख ६० हजार तीनसय ५५ रुपैयाँ बराबर हुने जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो ।
भिडियाे सामाग्री