जनकपुरधाम | मधेस प्रदेश सरकारले ‘मोहम्मद जयन्ती’ को अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । २०८१ चैत्र २२ गते मधेश राजपत्रमा प्रकाशित २०८२ सालमा दिइने थप बिदा सम्बन्धी सूचना अनुसार, मिति २०८२/०५/२० गते शुक्रबार ‘मोहम्मद जयन्ती’ को अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिइएको हो ।
प्रदेश सचिव विमल प्रसाद बरालले जारी गरेको सूचनामा सो बिदा सम्बन्धी जानकारी दिइएको छ ।
भिडियाे सामाग्री