सप्तरी | सप्तरीको खडक नगरपालिकामा करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ ।
नगरपालिकाको वडा नम्बर ११ बनौलीका ३५ वर्षीय अजय कुमार साहलाई शुक्रबार बिहान करेन्ट लाग्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
आफ्नै खेतमा पानी पटाउन जडान गरिएको मोटरबाट करेन्ट लाग्दा साह घाइते भएका थिए । बिहान ११ बजेको सो घटनापछि उनलाई उपचारका लागि गजेन्द्र नारायण सिंह अस्पताल राजविराज लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।
उनका अनुसार कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि अस्पतालको शवगृहमा राखिएको छ ।
भिडियाे सामाग्री