महोत्तरी | महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–८ स्थित प्रहरी चौकी मटिहानीमा नयाँ भवन निर्माणको शिलान्यास गरिएको छ ।
“समुदाय–प्रहरी साझेदारी कार्यक्रम” अन्तर्गत मटिहानी नगरपालिकाको सहयोगमा हुने उक्त भवनको शिलान्यास कार्यक्रम नगर उप–प्रमुख मन्जु देवी साहको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख प्रहरी उपरीक्षक हेरम्ब शर्मासहित स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी र भद्रभलाद्मीहरूको सहभागिता रहेको थियो ।
प्रहरी चौकी मटिहानीको लागि निर्माण हुने भवन ६० फिट लम्बाइ र २० फिट चौडाइको हुनेछ । आवासीय प्रयोजनका लागि एक तल्ले पक्की (ट्रष्ट) संरचना निर्माण गरी यसमा ६ वटा कोठा रहनेछ ।
आयोजकका अनुसार भवन निर्माण भएपछि प्रहरी सेवाप्रवाह अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ ।


भिडियाे सामाग्री