रौतहट । मधेश प्रदेशका अर्थमन्त्री तथा नेपाली कांग्रेस रौतहट जिल्ला सभापति सुनिल कुमार यादवले विकासलाई मुख्य आधार मानी नागरिकलाई समृद्ध बनाउने योजना अनुसार काम भइरहेको बताएका छन् ।
गृह जिल्ला रौतहटको कटहरियामा नेपाली कांग्रेस नगर समितिले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा सम्बोधन गर्दै मन्त्री यादवले प्रदेश सरकारले कृषि तथा भौतिक पूर्वाधार विकासमा विशेष ध्यान दिइरहेको जानकारी दिए ।
उनले पार्टी संगठनलाई थप मजबुत बनाउन सबै तहका नेता तथा कार्यकर्ताबीच आपसी विश्वास, समन्वय र निरन्तर संवाद आवश्यक रहेकोमा जोड दिए । साथै प्रदेश सरकारले अघि बढाइरहेका विकास योजनाबारे जानकारी दिँदै कार्यकर्तालाई संगठनमा सक्रिय रहन आग्रह गरे ।
कार्यक्रममा कार्यकर्ताहरूले आफ्ना गुनासो, समस्या र पार्टी संगठन सुदृढीकरणबारे धारणा राखेका थिए । नगर समितिका अध्यक्ष शम्भुकान्त यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीय नेतादेखि सामान्य कार्यकर्तासम्मको सक्रिय सहभागिता रहेको आयोजकले जनाएको छ ।
भिडियाे सामाग्री