काठमाडौं । बानेश्वर चोकमा प्रदर्शनकारीमाथि प्रहरीले प्रहार गरेको गोलीबाट एक जनाको मृत्यु भएको छ भने थप २० जना घाइते भएका छन् । जेन-जीको आन्दोलनमा घाइते भएका ती व्यक्तिहरूलाई उपचारका लागि ट्रमा सेन्टर पठाइएको छ ।
सरकारले कर्फ्यू घोषणा गरे पनि त्यसको प्रभाव कमजोर देखिएको छ । प्रदर्शनकारीहरू अझ आक्रोशित हुँदै प्रदर्शनमा जुटेका छन् । संसद् भवन परिसरभित्रबाट प्रहरीले बारम्बार अश्रुग्यास, रबरको गोली, पानीको फोहोरा र इट्टा प्रहार गरिरहेको छ ।
प्रदर्शनकारीले बानेश्वर चोकमा रहेका संसद् भवन परिसरमा आगजनीको प्रयास समेत गरेका छन् । भागदौडका क्रममा केही व्यक्तिहरू घाइते भएका छन् । अन्य दर्जनौं घाइतेहरूको सिभिल अस्पतालमा उपचार भइरहेको छ । अस्पताल स्रोतका अनुसार उपचार भइरहेका घाइतेको संख्या यकिन हुन सकेको छैन ।