काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य एवं सांसद शिशिर खनालले गृहमन्त्री र प्रधानमन्त्रीको राजीनामा माग गरेका छन् ।
आन्दोलनका क्रममा ठूलो मानवीय क्षति भएको भन्दै स्तब्धता व्यक्त गरेका उनले सरकार पुनः सुरक्षा योजनामा असफल भएको टिप्पणी गरे ।
सामाजिक सञ्जालमार्फत खनालले लेखेका छन्, "आजको आन्दोलनको क्रममा ठूलो मानवीय क्षति भएको समाचारले स्तब्ध छु। घाइतेलगायतका युवाहरू बानेश्वर क्षेत्रमा रहेको सूचना आइराखेको छ। फेरि सरकार सुरक्षा योजनामा असफल बनेको छ। असक्षम गृहमन्त्री र प्रधानमन्त्रीको राजीनामाको माग गर्दछु।"