जेनजीको आन्दोलनमा हिजो १९ जनाको मृत्यु भएपछि सरकार छोड्न पर्ने भनेर दबाब बढेको बेला नेपाली कांग्रेसका मन्त्रीहरु बेग्लै छलफलमा जुटेका छन् ।
- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले अबिलम्ब राजीनामा नदिए कांगे्रेस सरकारबाट फिर्ता हुने प्रष्ट पारेका छन् ।
- कांग्रेसबाट स्वास्थ तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले कांग्रेसका मन्त्रीहरुले सयुक्त राजीनामा दिने वा के गर्ने भन्ने विषयमा छलफल गरिरहेका छन् ।
- यता प्रमुख विपक्षी दलका नेता माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आह्वान गरेको विपक्षी दलहरुको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी सहभागी नहुने जनाउँदै केन्द्रीय समितिको आकस्मिक बैठक बस्न लागेकाे जनाएकाे छ ।