राजधानीको कलंकीमा प्रहरीले जेन–जी आन्दोलनमा सहभागी प्रदर्शनकारीमाथि दमन गरेको छ ।
प्रहरीले लाठीचार्ज गर्दा तीन जना प्रदर्शनकारी ढलेका छन् । उनीहरूको अवस्था गम्भीर रहेको बताइएको छ । आन्दोलनकारीहरू सामाजिक सञ्जाल बन्द र सरकारको कुशासनविरुद्ध नाराबाजी गर्दै सडकमा उत्रिएका बेला प्रहरीसँग धक्का–मुक्की भएको थियो । स्थिति नियन्त्रणमा लिन खोज्ने क्रममा प्रहरीले लाठीचार्ज गरेपछि प्रदर्शनकारी घाइते भएका हुन् ।
घाइतेलाई तत्कालै उपचारका लागि नजिकैको अस्पताल पुर्याइएको छ ।