काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिने तयारी गरिरहेको स्रोतले जनाएको छ ।
सोमबार जेन-जी प्रदर्शनमा सरकारले बल प्रयोग गर्दा १९ जनाको मृत्यु भएपछि आज बिहानैदेखि देशभरि विरोध प्रदर्शन चर्किएको छ ।
प्रधानमन्त्री ओलीको निजी निवास बालकोट, कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठ, र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासमा प्रदर्शनकारीले आगजनी प्रयास गरेका छन्। त्यस्तै, कांग्रेस र एमालेको केन्द्रीय कार्यालयमा पनि प्रदर्शनकारीले आगो लगाएका छन् ।
स्थिति सरकारको नियन्त्रणभन्दा बाहिर पुगेपछि प्रधानमन्त्री ओलीले राजीनामाको तयारी गरिरहेका स्रोतले दाबी गरेका छन् ।
‘प्रधानमन्त्रीज्युले निकटस्थहरुसँग आजै राजीनामा गर्नेबारे छलफल गर्नुभएको छ,’ स्रोतले भने ।