उग्र प्रदर्शनमा उत्रिएका जेन–जि आन्दोलनकारीहरूले पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई कुटपिट गरेका छन् ।
जेन–जि युवाहरूले राजधानीमा सिंहदरबार, संसद् भवन लगायत शीर्ष नेताहरूको आवास परिसरमा आक्रमण गर्दै तोडफोड र आगजनी गरेका हुन् । साथै, विभिन्न पार्टी कार्यालय र प्रहरी प्रभागहरूमा समेत निरन्तर तोडफोड र आगजनी भइरहेको छ । स्रोतका अनुसार, राजधानीका विभिन्न भागमा आन्दोलित भीड अझै नियन्त्रणमा आउन सकेको छैन ।
सुरक्षा निकायहरूलाई उच्च सतर्कतामा राखिएको छ भने थप भिडन्त हुने आशंका गरिएको छ ।