काठमाडौं । मंगलबार दिनभरको तनाव साम्य नहुँदा नेपाली सेनाले तत्काल लुटपाट, आगजनी र अन्य असुरक्षा गतिविधि रोक्न आग्रह गरेको छ ।
सूचनाका बाबजुद यी कार्यहरू नरोकिएमा राति १० बजेदेखि नेपाली सेनासहित सम्पूर्ण सुरक्षा संयन्त्र परिचालित हुने जनाइएको छ ।
सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “विषम परिस्थितिको अनुचित फाइदा उठाएर केही समूहले सर्वसाधारण नागरिक तथा सार्वजनिक सम्पत्तिमा अत्यधिक क्षति पु¥याउने काम गरेका छन् ।” यसलाई नियन्त्रणमा लिन सम्पूर्ण राष्ट्रवासीलाइ सहयोगका लागि अपिल गरिएको छ ।
विज्ञप्तिमा थप भनिएको छ, “तत्पश्चात सुरक्षा स्थितिको पुनर्मूल्यांकन गरी थप सूचना जारी गरिनेछ ।”