बाँकेको नौबस्तास्थित बाल सुधारगृहमा गएराति भएको झडपमा पाँच जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
बाँके प्रहरीका अनुसार मृत्यु हुनेहरूमा दैलेखका भुपेन्द्र खत्री, बाँकेका समिर थापा, अछामका उमेश विष्ट, कैलालीका जगत देउवा र दाङका दिनेश घर्तीमगर रहेका छन् । घाइते भएका दुई जनालाई उपचारका लागि नेपालगञ्जस्थित भेरी अस्पताल ल्याइएको थियो। तीमध्ये पाँच जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार कारागारबाट भाग्ने प्रयास गर्ने क्रममा झडप भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।