वीरगंज | वीरगंजको सडकमा सेनासहित सुरक्षा फौज तैनाथ गरिएको छ । मुख्य सडक र अन्य गलीहरूमा व्यापक संख्यामा सेनासहितको सुरक्षा फौज परिचालित रहेको छ ।
सर्वसाधारण र पसलेहरुलाई आवतजावत नगर्न सुरक्षा फौजले आग्रह गरिरहेको छ । अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन सर्वसाधारणलाई नेपाली सेनाले अनुरोध गरेको छ ।
साथै, अवाञ्छित गतिविधि हुन लागेको जानकारी पाएमा तत्काल स्थानीय सुरक्षा फौजलाई खबर गर्न नेपाली सेनाले पुनः आग्रह गरेको छ ।