जेन-जी पुस्ताले देशको वर्तमान राजनीतिक अवस्थाबारे भर्चुअल बैठकमार्फत छलफल गरिरहेकाे छ ।
बैठकमा सम्भावित नेतृत्वको विषय प्रमुख एजेन्डामा कन्फयूजन बनेको छ । बैठकमा सहभागी युवामध्ये केहीले पूर्व प्रधानन्यायाधीश सुशिला कार्कीलाई प्रधानमन्त्रीको रुपमा देख्न सकिने धारणा राखे भने केहीले काठमाडौं महानगर प्रमुख बालेन शाहलाई विकल्पका रुपमा अघि सारे रहेका छन् । तर यी दुई नामबारे सहभागीबीच स्पष्ट निष्कर्षमा पुग्न सकिएको छैन ।
नेतृत्व चयनबारे देखिएको मतभेदले जेन-जी आन्दोलनको आगामी रणनीतिमा प्रभाव पार्ने देखिएको छ । बैठकमा देशमा सुशासन, पारदर्शिता र भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकता दिनुपर्नेमा सबै एकमत देखिएका थिए।
युवाहरूले नजिकै पुनः छलफल गरी साझा धारणा बनाउने तयारी गरेको जनाइएको छ ।