काठमाडौं | जेनजी पुस्ताको जारी आन्दोलन र वर्तमान राजनीतिक परिस्थितिलाई ध्यानमा राख्दै जनमत पार्टीका पाँच जना संघीय सांसदले प्रतिनिधि सभा सदस्य पदबाट सामूहिक राजीनामा दिएका छन् ।
सभामुख समक्ष बुझाइएको सामूहिक राजीनामामा सांसदहरूले उल्लेख गरेका छन्, “देशको वर्तमान आन्दोलन र अवस्थालाई नौलो गणतन्त्रले मात्र सम्बोधन गर्न सक्छ ।”
राजीनामा दिने सांसदहरूमा अब्दुल खान, अनिता देवी साह, बिनिता सिंह दनुवार, गोमा लाभ सापकोटा र सोनु मुर्मु रहेका छन् ।
पार्टीकी प्रमुख सचेतक अनिता देवीले राजीनामाबारे जानकारी दिँदै भनिन्, “हामी जनतासँग उभिएका छौँ र सधैं जनताकै पक्षमा रहनेछौँ। ममाथि आस्था र विश्वास राख्ने सम्पूर्ण जनतालाई धन्यवाद दिन चाहन्छु ।”
यसअघि पनि जनमत पार्टीले आन्दोलनरत युवाहरूको मागलाई समर्थन गर्दै सरकारको कदमप्रति आपत्ति व्यक्त गर्दै आएको थियो ।
त्यसैगरी, पार्टीका राष्ट्रिय अध्यक्ष तथा सांसद डा. सीके राउतले पनि मंगलबार प्रतिनिधि सभा सदस्य पदबाट राजीनामा दिएका छन् ।