चितवन | २४ भदौमा जेनजी आन्दोलनका प्रदर्शनकारीहरूले जिल्लाका अधिकांश सरकारी कार्यालय, नगरपालिकासहित वडा कार्यालयका भवनमा आगो लगाएका छन् ।
जिल्ला प्रशासन कार्यालय चितवनबाट सुरु भएको आगजनी क्रम बढ्दै गएपछि जिल्ला निर्वाचन कार्यालय, मालपोत कार्यालय र नापी कार्यालय पूर्ण रूपमा जलेका छन् । प्रदर्शनकारीहरूमध्ये केही परिचित अनुहार र विभिन्न दलका सक्रिय कार्यकर्ता पनि रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनले २६ भदौमा आगो लगाउने व्यक्तिहरू सरसफाइ गर्न आउने प्रस्ताव राख्दा रोक लगाएको छ। प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले भने,
“जो अघिल्लो दिन भवन जलाउन आएका थिए, उनीहरू नै भोलिपल्ट ‘हामी सरसफाइ गर्छौं’ भन्दै आएका थिए। भौतिक क्षति बढ्न र सामग्री हराउन सक्ने सम्भावना देखेर यस्तो निर्णय गरिएको हो ।”
जिल्ला प्रहरी कार्यालय चितवनका एक अधिकृतले जानकारी दिए अनुसार, सरकारी र निजी भवनमा भएको क्षतिको विवरण संकलन भइरहेको छ । उनले नागरिकसँग भएका भिडियो तथा जानकारी गोप्य राख्दै प्रहरीलाई उपलब्ध गराउन सुझाव दिए ।
चौकी, प्रहरी पोस्ट लगायत अधिकांश प्रहरी संरचना पनि क्षति भएको छ। चितवनका प्रहरी प्रमुख एसपी गोविन्द पुरीले भने कि एक हतियार अझै हराइरहेको छ, तर नियन्त्रणमा लिन केही दिन लाग्ने सम्भावना छ ।