सामाजिक सञ्जाल रेडिट र डिस्कर्डमार्फत संगठित भएका जेन–जी युवाले ८ सेप्टेम्बर ९भदौ २३० मा भ्रष्टाचारविरोधी आन्दोलन सुरु गरेका थिए । सरकारले नेपालमा सूचीकरण नभएका भन्दै २६ सामाजिक सञ्जाल प्लाटफर्ममा प्रतिबन्ध लगाएपछि यो आन्दोलनको तयारी भएको हो ।
माइतीघर मण्डलामा पुष्पगुच्छा दिएर सुरु भएको आन्दोलन नयाँ बानेश्वर पुग्दा प्रहरीसँगको घम्साघम्सी र गोलीबर्षासम्म पुगेको थियो । पहिलो दिनमै १९ जनाको ज्यान गयो भने सयौं घाइते भए । भोलिपल्ट थप ५३ जनाको मृत्यु भएपछि आन्दोलन झन् हिंसात्मक र व्यापक बन्यो ।
पहिलो दिनको समयरेखा
बिहान ९स्०० बजे, माइतीघरमा भेला
युवाहरू स्कुल–कलेजको पोसाक, किताब–कापीसहित माइतीघरमा भेला भए । कतिपयको हातमा प्लेकार्ड, झन्डा र मास्कमा टेपसमेत थियो ।
९स्३० बजे, के नगर्ने घोषणा
अगुवा रक्षा बमले आन्दोलन शान्तिपूर्ण रहने बताइन् । तोडफोड, आगजनी, गालीगलौज नगर्ने प्रतिबद्धता सुनाइन् ।
१०स्३० बजे, बानेश्वरतर्फ मार्च
हजारौं युवाले नाराबाजी गर्दै अघि बढे । ‘नेता जति गाडीमा, युवा जति खाडीमा’, ‘भ्रष्ट सरकार चाहिँदैन’ जस्ता नाराले वातावरण तातेको थियो ।
१०स्५२ बजे, ओलीको तस्बिर च्यातियो
टेलिकम नजिकै बिजुलीको पोलमा टाँगिएको तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिर युवाले च्यातेर कुल्चिए ।
११स्०६ बजे, प्रहरीको रोकावट
एभरेस्ट होटल नजिक प्रहरीले निषेधित क्षेत्र भन्दै रोक्न खोज्यो तर भीड अगाडि बढ्दै गयो ।
११स्३५ बजे, ब्यारिकेड भत्कियो
भीड र प्रहरीबीच धकेलाधकेल भयो । पानीको फोहोरा, लाठी प्रहार भयो । आन्दोलनकारी उग्र बने ।
१२स्०० बजे, बानेश्वरमा कब्जा
युवाले आकाशेपुल र ट्राफिक आइल्यान्डमा ब्यानर टाँगे, संसद् भवन वरिपरि नाराबाजी गरियो ।
१२स्३० बजे, कर्फ्यु आदेश
प्रशासनले कर्फ्यु जारी गर्यो तर धेरैलाई जानकारी भएन । भीड अझै कायम रह्यो ।
१२:५५ बजे, अश्रुग्यास र हवाई फायर
संसद् भवन वरिपरि प्रहरीको अश्रुग्यास र गोलीबारी सुरु भयो । ‘प्रहरी दमन बन्द गर’ भन्दै युवाले आक्रोश पोख्न थाले ।
१स्२२ बजे, संसद् भवनमा तोडफोड
पर्खाल प्वाल पारेर केही युवा संसद् भवनभित्र छिरे । त्यही बेला प्रहरीको इन्सास र एसएलआरबाट गोली चल्दा आन्दोलनकारी ढले ।
२स्०० बजे, सडक रक्ताम्य
एम्बुलेन्सले उद्धार गर्न नसक्ने अवस्थासम्म घाइते बढे । सिभिल अस्पताल भरिँदा बाहिरै उपचार गर्नुपर्यो ।
२स्३० बजे, युवाको आत्माहुति शैली
कतिपय युवाले ‘गोली हान्’ भन्दै छाती थापे । गोली लागेर झर्नेहरूमध्ये कतिपयलाई राष्ट्रिय झन्डा ओढाइयो ।
५स्०० बजे, आन्दोलनकारी तितरबितर
अश्रुग्यास र बल प्रयोगपछि प्रहरीले आन्दोलनकारीलाई माइतीघरसम्म धपायो । बेलुकीसम्म १९ जनाको मृत्यु पुष्टि भयो ।
भोलिपल्ट अभिभावकसमेत सडकमा उत्रिए र थप ५३ जनाको ज्यान गयो ।