नेपाल नेत्रहीन संघ मधेस प्रदेश कार्यसमितिको अध्यक्षमा लक्ष्मीश्वर महतो चयन भएका छन् ।
महोत्तरीको बर्दिबासमा संघको सातौं साधारण सभा तथा तेस्रो अधिवेशनले महतोको नेतृत्वमा ११ सदस्यीय नयाँ प्रदेश कार्यसमिति गठन गरेको छ । गठित समितिको उपाध्यक्षमा सर्वजित झा, महासचिवमा राजीव शाह, सचिवमा प्रीति कुमारी र कोषाध्यक्षमा अन्जु धिताल निर्वाचित भएका छन् ।
त्यसैगरी सदस्यहरूमा सुधिर चौधरी, श्रीराम राय, नन्दु महतो, छोटी शेर्पा, मनमाया तामाङ र शान्ति महरा चयन भएका छन् ।