दसैँ मेलामा मंगलबार राति दुई समूहबिच भएको ग्याङ फाइटमा एक जनाको ज्यान गएको छ ।
मृत्यु हुनेमा बाराको परवानीपुर गाउँपालिका–५ बहुअरी स्थायी घर भई हाल वीरगंज महानगरपालिका–१० मा डेरामा बस्दै आएका करिब २२ वर्षीय शिवम साह कानु (गोल्डेन खान) रहेका छन्। मृतकका बुबा हिन्दु र आमा मुस्लिम भएको प्रहरी स्रोतले जनाएको छ। कानु पेशाले ई–रिक्सा चालक थिए।
मेलामा पसल राख्ने विषयलाई लिएर विवाद चर्किँदा २० वर्षीय गोल्डेन नाम गरेका युवकको मृत्यु भएको जनाएपनि वास्तविक कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।
गीता मन्दिर नजिक मेलाको सुरुवाती दिनमै दुई समूहबिच विवाद सुरु भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । सोही विवाद राति हिंसात्मक रूप लिँदा गोल्डेनमाथि भाटोले प्रहार गरिएको थियो । गम्भीर घाइते भएका उनलाई उपचारका लागि नारायणी अस्पताल पुर्याइए पनि राति नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरी प्रवक्ता तथा डिएसपी हरिबहादुर बस्नेतका घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ ।
पक्राउ गरेकारूको अनुसन्धान भईरहेकाले नाम गोप्य राखिएको प्रहरीले जनाएको छ ।
यता मृतकको शव पोस्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको छ ।