जेनजी आन्दोलनपछि सत्ताच्युत भएका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले हालको सरकारलाई ‘असंवैधानिक, अलोकतान्त्रिक र जनविरोधी’ भनेर आरोप लगाएका छन् ।
उनले सुशीला कार्की प्रधानमन्त्री बन्नु नै ‘लोकतन्त्रको जग भत्काउने सर्तमा’ भएको दाबी गर्दै देशमा पुनः लोकतन्त्र र संविधानको रक्षा गर्न सबै शक्तिहरू एकजुट हुनुपर्ने बताएका छन् । ओलीले बुधबार काठमाडौंमा आयोजित पार्टी कार्यकर्ता भेलालाइ सम्बाेधन गर्दै उनले “यो सरकार नेपाली जनताको होइन । चलखेलबाट बनेको सरकार हो ।” ओलीका अनुसार राति–राति बैठक गरेर आफू र पार्टी महासचिव रमेश लेखकलाई पक्राउ गर्ने योजना बनाइएको छ । “हामी पञ्चायत देखेका छौं, निरंकुशता भोगेका छौं, जेलनेल काटेका छौं । यस्ता धम्की र डरले हामी नभाग्ने,” उनले चेतावनी दिएका छन् ।
ओलीले हालको सरकारमाथि राज्य आतंक सिर्जना गरेको, नेताहरूमाथि अन्यायपूर्ण मुद्दा र गिरफ्तारीका खेल खेलेको आरोप लगाएका छन् । उनले निर्वाचनको नाममा ‘नाटक र दमन’ भइरहेको दाबी गर्दै “चुनावको नाटक गरेर नेताहरूलाई जेल हाल्ने, बुथ कब्जा गर्ने र दिग्विजय घोषणा गर्ने सपना देखिँदैछ । ती दिवासपना हुन् ।” कुनैपनी हालतमा पुरा हुदैँन् ।
उनले गृहमन्त्रीलाई सम्बोधन गर्दै भने,“अत्यधिक उत्तेजित नहुनुहोस् । देशलाई अस्थिर बनाउने काम रोक्नुहोस् ।”‘संसद पुनःस्थापना नै समाधान’ रहेकाे ओलीले असंवैधानिक रूपमा विघटन गरिएको संसद् तत्काल फिर्ता गर्नुपर्ने माग दोहोर्याएका छन् ।
“देशलाई सही बाटोमा फर्काउने यही एउटा बाटो हो । असंवैधानिक कार्य स्वीकार्य हुँदैन,” उनले कांग्रेस र अन्य दलहरूले पनि यही धारणा लिनुपर्ने बता एका थिए । “लोकतान्त्रिक शक्तिहरू मिलेर संविधान र संसद्को रक्षा गर्नुपर्ने बेला आएको छ,” अाेलिले हालैको ‘जेनजी आन्दोलन’मा हिंसा र तोडफोडका घटना योजनाबद्ध रूपमा भएको आरोप पनि लगाउन भ्याएका थिए ।
“पेट्रोल फ्याँक्ने, आगजनी गर्नेहरू बालबालिका होइनन् । तिनीहरूलाई पछाडिबाट भड्काउनेहरू हुन्, उनले देशभरका युवाहरूलाई शान्तिपूर्ण, सचेत र जिम्मेवार बन्न आग्रह गरेका थिए ।